
काठमाडौँ, २२ वैशाख । सप्तरीको सीमामा लकडाउन कार्यान्वयन गराउन खटिएका एक सशस्त्र प्रहरीका असईको बेहोस भएर मृत्यु भएको छ ।
सप्तरीको सीमा क्षेत्र बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो ।
ड्युटीमा खटिएकै बेलामा उनी बेहोस भएर तत्कालै मृत्यु भएको थियो । उनको पोस्टमार्टम रिपोर्ट आइनसकेको बताइएको छ । के कारणले मृत्यु भएको भन्ने खुल्न सकेको छैन ।















प्रतिक्रिया