३ कार्तिक २०८३, मंगलबार

कर्णाली प्रदेश ७ दिनका लागि सिल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । कर्णाली प्रदेश ७ दिनका लागि सिल हुने भएको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँको प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबार प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले सो निर्णय गरेको हो । बैठक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको थियो ।

सामाजिक विकास मन्त्रालय तथा प्रदेशस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यसमितिले यो निर्णयसँगै कर्णाली प्रदेश पूर्णरुपमा सिल हुने जनाएको छ । २७ स्थानमा चिकित्सकसहितको टोली खटाइने पनि जनाइएको छ ।