
काठमाडौं, २२ वैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले झन्डै डेढ महिनादे िखजारी राखेको लक डाउन खुकुलो बनाउने तयारी गरेको छ ।
तर तत्कालै सबै ठाउँमा खुकुलो बनाउन नहुने निचोडमा पुगेका प्रधानमन्त्रीले ठाउँ अनुसारको कार्ययोजना ल्याउनका निम्ति कोरोना रोकथाम उच्चस्तरीय समितिलाई निर्देशन दिएका हुन् ।
आइतबार भएको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीको यस्तो निर्देशन भएपछि समितिले यस विषयमा कार्ययोजना बनाएर मन्त्रिपरिषद बैठकमा पेस गर्नेछ ।
उच्चस्तरीय समितिको संयोजन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् भने सबै मन्त्री यसका सदस्य छन् । २५ वैशाखसम्म कायम रहेको लक डाउन कसरी खुकुलो बनाउने भन्ने घटनाक्रममा आधारित भएर कार्ययोजना बन्नेछ ।
संक्रमितको संख्या थपिएको अवस्थामा यसलाई खुकुलो बनाउने या नबनाउने भन्ने विषयमा पनि समितिले प्रधानमन्त्रीसँगको रायका आधारमा कार्ययोजना बनाउने बताइएको छ ।











प्रतिक्रिया