३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले दिए लकडाउन झन कडा बनाउने निर्देशन

36.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर जारी लकडाउन झन कडा गर्न निर्देशन दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्लो समय लकडाउनको उल्लंघनको घटना बढेको जनाए ।

उनले लकडाउन रहेको कारणले नै कोरोनाले भयावह स्थिति हुन नपाएको बताउँदै गृहमन्त्रीलाई लकडाउन झन कडा बनाउन निर्देशन दिएका छन् ।

चैत ११ गतेदेखि जारी लकडाउनको आज ४१ औँ दिन भइसकेको छ । पछिल्लो समय थप गरेको समयावधि वैशाख २५ गते सकिँदैछ । सरकारले अब लकडाउन बढाउला कि नबढाउला वा खुकुलो गर्ला आम जनचासोको विषय बनेको छ ।