७ मंसिर २०८३, सोमबार

काठमाडाैंमा लकडाउन उल्लंघन गर्ने ५ सयभन्दा धेरै पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ वैशाख । अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ५ सय ६० जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

बिहान ७ बजेसम्ममा लकडाउन उल्लङ्घन गर्ने काठमाडाैंबाट ४ सय ३० जना र ललितपुरबाट १ सय ३० जना गरी ५ सय ६० जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक कामको लागि निस्किएकाहरूलाई भने आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेहरूलाई दुई घण्टा नियन्त्रणमा लिएर फर्काइने गरेको छ ।

यसैबीच काठमाडाैंमा भएका दुई वटा दुर्घटनामा दुई जना घाइते भएका छन् ।

शनिबार बेलुकी साढे ९ बजेतिर बुढानिलकण्ठ वडा नम्बर-११, कपन मन्दिर नजिकै बा ९१ प ७१०८ नम्बरको स्कुटर दुर्घटना हुँदा संखुवासभाको खाँदबारी-३ घर भइ कपन गैरीगाउँ बस्दै आएका तेन्जिङ्ग तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।

काठमाडाैं कलंकीमा प्रदेश ३ ०२००४ प ९९९७ को मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी पैदलयात्री घादिङ गजुरी गाउँपालिका वडा ६ की रीता भुजेलको शहीद मेमोरियल अस्पतालमा कलंकीमा उपचार भैरहेको छ ।