मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

भारतमा लाेकपालका न्यायिक सदस्यको कोरोना संक्रमणबाट मृत्यु

दैनिक नेपाल २०७७ वैशाख २१ गते ७:२६

नयाँदिल्ली, २१ वैशाख ।  भारतकाे लोकपालका न्यायिक सदस्य अजयकुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर उनको निधन भयो ।

उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू उपचारपछि निको भएका छन् ।

उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् । सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो ।

उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।

भारतमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित