४ कार्तिक २०८३, बुधबार

चर्चित अभिनेताकी छाेरीले सम्झिन् विदेशी प्रेमी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णाफेरि चर्चामा रहेकी छिन् ।

कृष्णा केही समययता आफ्ना प्रेमी एबान ह्याम्सको साथ मुम्बइमा बस्दैआएकी थिइन् । ह्याम्स सिड्नीस्थित आफ्नो घर गएपछि कृष्णा एक्लै भएकी हुन् ।

लकडाउनसँगै कृष्णाले पनि प्रेमीलाई खुबै याद गरेको उनका पछिल्ला इन्स्टाग्राम पोस्टले पुष्टि गर्छन् । ती तस्बिर र भिडिओलाई लिएर उनले प्रेमीलाई धेरै ‘मिस’ गरेको हुनसक्ने धेरैको टिप्पणी छ ।

कृष्णाले प्रेमीको साथ मुम्बइमा बिताएका क्षणका तस्बिर इन्स्टाग्राममा धमाधम पोस्ट गर्न थालेकी हुन् । उनले केही ‘इन्टिमेट सिन’ का तस्बिर र भिडिओ पनि सार्वजनिक गरेकी छन् । जहाँ उनीहरु आपसमा किस गरिरहेका देखिन्छन् ।

यसवाहेक स्विमिंग पुलछेउमा बिकिनीसहित गरेका फोटोसुट पनि उनले सार्वजनिक गरेकी छन् । अभिनेता टाइगर श्रफकी बहिनी कृष्णाले २०१८ नोभेम्बरमा एमएमए ट्रेनिंग सेन्टर खोलेकी थिइन् ।