३ कार्तिक २०८३, मंगलबार

नेकपा सचिवालय : स्थायी कमिटी बैठक वैशाख २५ मा, गौतमलाई प्रतिनिधिसभामा लैजाने

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । अन्तत: नेकपाभित्रको संकट तत्कालका लागि टरेको छ । शनिबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेपछि बैठक सौहार्दपूर्ण बनेको छ ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले पार्टी एकतालाई कमजोर पार्ने क्रियाकलापमा संलग्न नहुने निर्णय गरेको छ । बैठकमा यही वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने पनि निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, वैशाख २५ गते विहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकको तयारीका लागि २४ गते ३ बजे सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउन गरेको प्रस्तावमा भने नेता नेपाल नै असहमत भएकोले कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले जनाए ।