७ मंसिर २०८३, सोमबार

उपाध्यक्ष गौतम अर्को कित्तामा, नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको बहुमत !

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय सचिवालयमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत सदस्य उभिएको दाबी गरिएको छ ।

बालुवाटारमा सचिवालयको बैठक सुरु हुनुपूर्व ओलीका पक्षमा बहुमत सदस्य उभिएको दाबी गरिएको छ । नेकपा नेता कृष्णगोपाल श्रेष्ठका अनुसार शनिबार दिनभरी ओलीले विभिन्न नेतासँग गरेको छलफलका आधारमा बहुमत सदस्य उभिएका हुन् ।

प्रधानमन्त्री ओलीका पक्षमा उपाध्यक्ष बामदेव गौतम समेत उभिने भएपछि बहुमत मिलेको बताइन्छ । हाल प्रधानमन्त्री ओलीका पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा रहेको दाबी गरिएको थियो ।

‘गौतमसँगको छलफलपछि प्रधानमन्त्री सचिवालयमा बहुमतमा हुनुभयो, अब केही एजेन्डामा छलफल हुनेछ’, स्रोतले भन्यो । प्रधानमन्त्री ओली बहुमतमा उभिएपछि तत्कालका लागि स्थायी समिति बैठक बोलाउने विषय थाँती हुन सक्ने जनाइएको छ ।