
काठमाडौँ, २० वैशाख । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटावार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अध्यादेश प्रकरणले नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । त्यसकै विषयमा छलफल गर्न शनिबार साँझ ५ बजेलाई सचिवालय बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले के प्रस्ताव ल्याउलान् भन्नेमा सबैको ध्यान रहेको छ ।















प्रतिक्रिया