३ कार्तिक २०८३, मंगलबार

हिमपहिरोमा हराएका सातै जनाको शव साढे ३ महिनापछि भेटियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० वैशाख । हिमपहिरोमा हराएका ४ कोरियन पर्यटक र ३ नेपालीको शव भेटिएको छ । हिमपहिरोमा हराएकामध्ये अन्तिम दुई शव शुक्रबार हिमपहिरो क्षेत्रमा खोजी गर्दा फेला परेको हो ।

माघ ३ गते गएको हिमपहिरोमा हराएकामध्ये ति दुईको शव भेटिएको हो ।

अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गमा एक कोरियन र एक नेपाली गाइड छिरिङ भोटेको शव भेटिएको हो । नेपाली सेनाको हेलीकोप्टरबाट शनिबार पोखरा ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

हराएकामध्ये उनीहरुको पटक पटक गरी शव फेला परेको हो । यस अघि ३ कोरियन र २ नेपाली भेटिएका थिए । हिमपहिरो गएको क्षेत्रमा ४ ५ दिनदेखि खोजी गर्दा शुक्रबार ति दुईको शव फेला परेको जिल्ला प्रशासन तथा नेपाली सेनाले जनाएको छ ।

हिउँ पन्छाउँदै खोजी गर्दा ति शव भेटिएको सेनाले जनाएको छ । शुक्रबार भेटिएका अन्तिम दुईको शवलाई शनिबार अनुकूल मौसममा पोखरा ल्याइएको हो ।