७ मंसिर २०८३, सोमबार

शनिबारको सचिवालय बैठकमा नेताहरूले राख्न सक्ने प्रस्ताव

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । निर्णायक भनिएको नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई ठोस र मूर्त रुपमा ल्याउन दबाब दिने तयारी भएको छ ।

बुधबार भएको बैठकमा आफू राजीनामा दिन तयार रहेको र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री छाड्ने तथा नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव ओलीको थियो ।

उक्त प्रस्तावको मोडालिटी ठोस रुपमा ल्याउन र स्थायी समितिको बैठक डाकी राजीनामाको मिति तय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नेपाललगायतको समूहले दबाब दिने तयारी गरेको छ ।

स्थायी समितिको बैठकमा नै सबै कुराको छिनोफानो हुने भएकाले बैठक मिति तोक्नका लागि बरिष्ठ नेता झलनाथ खनाललगायतले पनि दबाब दिएका छन् ।

ओलीले अघिल्लो बैठकमा उक्त प्रस्ताव गरेपछि नेताहरू सरप्राइज भएका थिए । सो प्रस्ताव अहिले अमूर्त रहेको र त्यसलाई ठोस बनाउने आधारसहित स्थायी समितिमा उपस्थित हुन ओलीलाई दबाब दिने तयारी भएको स्रोतले जनायो ।