काठमाडाैं, २० वैशाख । नेपाल राष्ट्र बैंकले अहिलेको अवस्थामा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ ।
हिजोका योजनाहरू अगाडि बढाउन अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नयाँ योजनाका लागि बजेट छुट्याउन सक्ने अवस्था नभएको बैंकले बताएको हो ।
पाइपलाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरू आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।
साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुर्नकर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले बताए ।
पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणीहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उनले बताए ।
सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पुर्याउने निर्णय सरकारले गरेको हो ।















प्रतिक्रिया