सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

मृत्यु भएकाे भनिएका कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक

दैनिक नेपाल २०७७ वैशाख २० गते ७:०८

लण्डन, २० वैशाख । उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक भएका छन् । मृत भइसकेको सम्मका समाचारहरू बाहिर आइरहेका बेला किम मे दिवसका दिन शुक्रबार सार्वजनिक भएका हुन् ।

उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको जनाएको छ । कन्युज एजेन्सी केसीएनएले किम मल उत्पादन कम्पनिको उदघाटनमा सहभागी भएको जनाएको छ ।

मे दिवस पारेर शुक्रबार उक्त कम्पनिको निर्माण सम्पन्न भई उदघाटन गरिएको उल्लेख छ । तर, उनी सार्वजनिक भएको कुनै तस्बिर बाहिर ल्याइएको छैन ।

किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहँदा उनी सार्वजनिक भएका हुन् । हालैमात्र कोरियाली सेन्ट्रको वानसनस्थित निवासको स्याटलाइट तस्बिर सार्वजनिक भएको थियो ।

तस्बिरमा रेल रोकिएको थियो । प्रायः निजी विमानमा यात्रा गर्ने किम जोङ उनको कम्पाउन्डमा रेल राखिनुलाई उनी गम्भीर विरामी परेको र विमानमा यात्रा गर्न नसक्ने अवस्थामा रहेको अनुमान गरिएको थियो ।

यसअघि किम जिवितै रहेको पुष्टि भइसकेको थियो । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरेको थियो । किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट गरेका थिए ।

११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका थिएनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित