३ कार्तिक २०८३, मंगलबार

भरतपुरको पुरानो मेडिकल कलेजद्धारा प्रहरीलाई कोरोना सुरक्षा सामाग्री प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ वैशाख । कलेज अफ मेडिकल साइन्स भरतपुर (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ ।

आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार प्रहरीलाई ४हजार ४सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क, प्रदान गरिएको हो ।

आगामी दिनमा पनि मेडिकल कलेजले आबश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले बताए । यस्तै महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो ।