
काठमाडौँ, १९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी शुक्रबार प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेकी थिइन् ।
भेटमा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको छ । भेटवार्तामा प्रचण्डले चीनले नेपाललाई कोरोना रोकथामका लागि गरेको सहयोगप्रति धन्यवाद दिएका थिए र आउँदा दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेको थिए । राजदूत यान्छीले चीन नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।
नेपाललाई चीनले स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ । नेपाललाई चीनका व्यापारी तथा सामाजिक संस्थाले पनि स्वास्थ्य सामाग्री सहयोग गरिरहेका छन् ।















प्रतिक्रिया