३ कार्तिक २०८३, मंगलबार

रोल्पामा बम विस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रोल्पा, १८ वैशाख । रोल्पामा बम विस्फोटन हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा एकै गाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो ।

विस्फोटनमा परी मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन् ।

नजिकैको स्थानीय जंगलमा ग्वाला गएका उनीहरुको विष्फोटमा परेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाए । उनका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

अहिले शव घटनास्थलमै छन् । विस्फोटको घटना कसरी भएको भन्ने खुल्न सकेको छैन । युद्धकालमा रहेको बम विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । त्यहीँ नजिकै अर्काे बम पनि फेला परेको प्रहरीले जनाएको छ ।