तम्घास, १८ वैशाख । अति मादक पदार्थ सेवन गरेका गुल्मी जिल्लाको गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली घर फर्किने क्रममा भीरबाट लडे । भीरबाट लडेका चुडाली अर्को दिन बिहान मात्र मृत अबस्थामा भेटिए ।
स्थानीयले बताए अनुसार, साँझ पख मादक पदार्थ सेवन गरी मात्तिदै बीरबासबाट ओरालो लागेका चुडालीले रुमपोखरामा लक्ष्मण डम्वरपाल र उनकी श्रीमती कमला डम्वरपालले संचालन गरेको होटलमा रुमपोखरा निबासी विष्णुप्रसाद कँडेललाई पनि बोलाएरफेरि पनि मादक पदार्थ थपथाप गरे ।
मादक पदार्थले मात्तिएका चुडाली आफ्नो घर भोटुकातर्फ लागेछन भने विष्णु आफ्नै घरमा गएर सुतेछन् । चुडाली आफ्नो घरतर्फ भोटुका जानेक्रममा बाटो निकै भिरालो भएकोले पनि थामिन नसकेर उनी लडेको स्थानीयको भनाइ छ ।
त्यसको केही समयपछि सोही दिन राति बीरबासतिरैबाट आफैले गाडी चलाएर सोही बाटो हुँदै भोटुकातर्फ लागेका सागर सोमैले सडकमा लगेका चुडालीलाई पञ्छाएर अगाडि बढेछन् ।
सबैभन्दा पहिले चुडाली लडेको अबस्थामा देख्ने सागरले कसैलाई खबर पनि गरेन्छन् । आफूले उद्धार पनि गरेन्छन् । स्थानीय भन्छन् – ‘लडिरहेका चुडालीलाई सारेर गाडी हिडाउने सागर सोमैको लाइसेन्स पनि थिएन । त्यो कुरा प्रहरीले अनुसन्धान गर्दा पूर्णता बेपास्ता गर्नुले त्यहिनेर नै चुडालीको मृत्यु कसरी भयो भन्ने रहस्य लुकेको छ ।
चुडाली मृत अबस्थामा देखिएपछि साँझ होटलमा सँगै रहेका विष्णु कँडेललाई प्रहरीले अनुसन्धानका लागि भनेर गिरफ्तार गर्यो । त्यसको एक हप्तापछि प्रहरीले अनुसन्धानका लागि भनेर होटल संचालक लक्ष्मण डम्बरपाल, उनकी श्रीमती कमला डम्बरपाल, चुडालीलाई पञ्छाएर घर गएका चालक सागर सोमै, देखेपनि यस्तो कुरा देखेको होइन भन्नुपर्छ नभए अनाहकमा परिन्छ भन्ने ईन्द्रबहादुर डम्बरपाल र उनकी श्रीमती ज्ञानुकुमारी डम्बरपाललाई समेत थुनामा राख्यो । जब सागर सोमै समेतलाई थुनामा राखियो त्यसपछि गुल्मी जिल्ला प्रहरी कार्यालयका अधिकारी निकै हौसिए छन् ।
सागर सोमैसहितका छ जनालाई थुनामा राखेपनि ईन्स्पेक्टर चुडामणि पुनको नेतृत्वमा विष्णु कँडेललाई निकै यातना दिए । ‘मैले नै घुचेटेर मारेको हो भनी साबिती बयान दे’भन्दै दिनहुँ चरम यातना इन्स्पेक्टर पुनले दिएको पीडितहरूको भनाइ छ । विष्णुले अनुसन्धानका नाममा यसरी कुटेर ‘नभएको बयान म कुनै हालतमा गर्दिन, बरु मारे पनि मर्न तयार छु’ भनेछन् ।
इन्स्पेक्टर पुनले अपराधीक शैलीमा यातना दिएको देख्दा हामीलाई पनि डर लागेको थियो– जिल्ला प्रहरी कार्यालयकै एक प्रहरीले बताएका छन् । सागर सोमै सहितलाई अनुसनधानका लागि थुनामा राखेको तर, विष्णुलाई नै अभियोग लगाउन प्रहरीले सबै हतकण्डा प्रयोग बताइएको छ ।
‘कसैलाई माथिबाट भन्न लगाएपनि केही छैन तर, तँलाई म छोड्दिन’ भन्दै एसपी राजेन्द्र खडका पनि विष्णु कँडेमाथि खनिएको आरोप छ । नभन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान रिपोर्ट दिँदा सबैभन्दा पहिला लडेको देख्ने र लडिरहेका चुडालीलाई सारेर हिड्नेलाई भन्दा बढी दोषी विष्णुलाई लगाउनुमा नै थप रहस्य लुकेको पीडितहरूको भनाइ छ । सरकारी वकिलको कार्यालयले पनि प्रहरीको रिपोर्टलाई मात्र आधार मानेर, आफूले गरेको बयान पनि एकपक्षीय खालको बनाएर मुद्धा दर्ता गराएको छ ।
साँझ एकैछिनसँगै बसेको आधारमा एकपक्षीय र बिना प्रमाणको बनावटी सामग्री तयार गरेर मुद्धा दर्ता गर्दा सरकारी वकिललाई कत्तिपनि हिनताबोध नहुनपनि आफैमा बडो बिचित्रको अबस्था रहेको कानूनका जानकारहरू बताउन्छन् । ‘प्रहरीले यातना दिएर जस्तोसुकै बयान लेखेपनि, सरकारी वकिलको कार्यालयले जति ध्यान नदिए पनि अब अदालतमा मुद्धा भएकोले अदालतले सबै पक्ष हेर्नेछ र अन्यायमा परेका रहेछन् भने न्याय दिनेछ’, एकजना कानून व्यवसायीले भनेका छन् ।
सोही घटनासंग सबन्धित अर्को पक्ष कुरा त के छभने गुल्मी दरबार वडा नम्बर ४ का वडाध्यक्ष खुमबहादुरले अन्यको लहैलहैमा लागेर कानून विपरित विष्णु कँडेलका छोरा कृष्ण कँडेलाई समेत दुर्ब्यबहार गरेछन् । आफ्नो पसलमा रहेका खातापाता चोरी हुने संकेत पाएपछि आफ्नो सम्पत्ति जोगाउन उनले खातापाता निकाल्न गएको त ती वाडध्यक्षले चुडाली परिवारका मात्र केही मान्छे राखेर किन खातापाता निकालेको भनी केरकार मात्र पारेन्छन् । माफी मगाएर कागज समेत गराउने काम गरेछन् ।
सत्तारुढ दलकै जनप्रतिनिधिका नाममा भएको त्यो हर्कत किन भएको भनी खोजी गर्दा पो थाहा भयो त्यो पसलमा स्थानीय धेरैले समान लगेको पैसा तिनुपर्ने रहेछ । त्यसैले ती खातापाता गायब गर्ने योजना भएको थाहा पाएपछि कृष्ण कँडेल जोगाउन गएका रहेछन् । त्यो कुरा वडाध्यक्ष खुमबहादुर र त्यहाँका अन्य केहीलाई सैह्य नभएको आरोप छ ।
कँडेल भन्छन्– ‘आफनो सम्पत्ति जोगाउन खोज्दा सबैले घेरा हालेर माफी मगाए । त्यसबारेमा महान्याधिवक्ताको कार्यालयमा सम्पर्क गर्दा जसको घर हो उनलाई प्रहरीले थुनामा राखेको बेला अनुसन्धान गर्ने भन्ने कुरा हुन सक्छ ।’
जब प्रहरीले अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएर मुद्धा नै दर्ता भैसकेपछि आफ्नो सम्पत्ति कँडेल परिवारले संरक्षण लगायत सबै उनको अधिकारको कुरा हुन्छ । यदि त्यसरी कागज गराउने र माफी मगाउने काम भएको हो त्यो गैरकानूनी कार्य हाे ।











प्रतिक्रिया