३ कार्तिक २०८३, मंगलबार

धरौटीमा रिहा भएका व्यवसायी अग्रवाल पुनः किन परे पक्राउ ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतबाट २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको हो ।

ज्वरु नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा पुनः पक्राउ गरेको हो । जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

अग्रवाललाई गत चैत २५ गते ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँ बेच्न खोजेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । त्यसपछि २ पटक गरी प्रशासन कार्यालयबाट २२ दिन म्याद थप भएको थियो । अग्रवाल विरुद्ध जिल्ला अदालतमा बुधबार मात्रै मुद्दा दायर भएको थियो