३ कार्तिक २०८३, मंगलबार

लोकसेवा आयोगको विज्ञापन तथा परीक्षा रोक्ने सरकारको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । नेपाल सरकारले लोकसेवा आयोगको परीक्षा तथा पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

यही साताको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको जनाए ।

उनले भने, “रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।“

त्यस्तै, सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारवापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जनाएका थिए ।