
-विनोद ढकाल
एउटा प्रश्नमाथि घोत्लिऔं– राजनीतिमा मूर्खता अपांगता हो कि होइन ? अझ विस्तारित भएर सोधौं– राजनीतिक व्यवाहारमा मूर्खता वैचारिक अपांगता हो कि होइन ? सय बर्षअघि नेपोलियन बोर्नापाटले यसलाई होइन भने या हो भन्ने तर्कको बहसका लागि पक्कै होइन यो प्रश्न ।
यो आजको नेपाली राजनीतिको अहम् प्रश्न हो । अझ सामान्यीकरण गर्दा यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति भनौं या रणनीतिभित्रको प्रश्न हो । अझ सन्दर्भ जोड्दा यो नेकपा सचिवालयको प्रस्तावभित्रको प्रश्न पनि हो ।
यस प्रश्नको उत्तर आलेखको अन्त्यमा टिप्पणीकारको तर्फबाट नीजि निष्कर्शका रुपमा आउनेछ । विषय भित्रको सिधा प्रवेश गरौं– नेकपा उपाध्यक्ष बामदेव गौतमको रोमाञ्चित मनमा अल्झियो नेपालको राजनीति, मिडिया र चर्चा, बुधबारदेखि ।
लेखकलाई रत्तीभर विश्वास नलागेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रस्ताव’ गरेको भनी चर्चामा ल्याइएको ‘बामदेव गौतमलाई प्रधानमन्त्री, माधवकुमार नेपाललाई अध्यक्ष’ भन्ने सचिवालयको खबरले रातीदेखि नै नेकपा विवादको चर्चा नयाँ डिस्कोर्समा छिरेको छ । नेकपाका अध्यक्ष तथा एउटा खास कम्पोनेन्ट रहेका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक पहललाई चुनौति दिनका लागि प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव आएको भन्नेहरू एकथरी छन् । अर्काथरीचाहिँ यो प्रस्ताव सम्भव नहुने तर गौतमलाई कार्डका रुपमा प्रयोग गरी प्रधानमन्त्री ओलीले तत्कालका लागि पद जोगाउने युक्ति निकाले भन्ने पनि छन् । किनभने त्यसमा साधारण लाग्ने तर महत्व बोकेको एउटा शर्त छ– कोरोना महामारी निर्मूल भएपछि ।
प्रधानमन्त्री ओलीको पछिल्लो राजनीतिक उठान, उनका हर्कत, काम गर्ने शैली, आनीबानी र अहिले चर्चामा आएको भनिएको प्रस्तावको विषय १८ औं शताब्दिको सुरुआततिर युरोपमा चलेको एउटा युगको कथा जस्तो लाग्ने । त्यसबेला युरोपको राजनीतिमा आएको कठिन समय थियो, जसलाई ‘स्वच्छन्दतावादी’ युग भनिन्छ । यो कठोर युगमा स्वतन्त्रता, निरंकुशता, पुरातनवादी र राष्ट्रवादी सबै समय राजनीतिले भोगेको थियो । यसभित्रका ‘कन्टेन्ट’मा अलग बहस हुन सक्छन् ।
महाभारतको कथामा उनिएको त्यो कालखण्डको पात्रका रुपमा गौतम अहिले उभिएका छन्, यसलाई उनी जत्तिको राजनीज्ञिले हेक्का राखेको हुनुपर्छ । रोमाञ्चित मनले होइन, विवेकपूर्ण ठम्याइएको कारक खोजेनन् भने गौतमको राजनीतिक सक्रियतामा ओली अथवा उनीइतरको गुट र शक्तिको चक्रव्युह कसिलो बनिसकेको र त्यहाँबाट निस्कने मार्ग पहिल्याउनुपर्ने अनिवार्य अहिले बनिसकेको छ
तर सम्बन्धित बहस के हो भने ओली त्यो पात्र बनेर कार्यशैलीका हिसाबमा यसरी देखा परे कि, ५ बर्षको राजनीतिक जीवनमा उनले युरोपको सय बर्षको समयका ‘कास्टिङ’ देखाइदिए । पहिलो त उनी स्वतन्त्रताका निम्ति लडे पहिलो पटक प्रधानमन्त्री भएपछि राष्ट्रवादको उपयोग गरे, पार्टी र सत्तामा पुगेपछि उनी आफ्नै दलभित्र तानाशाही र विभेदकारी भएर पुरातनवादी चिन्तन राख्न पुगे । अब, समग्र राजनीतिमा उनी यहि युगमा अनेक प्रकरणको उपयोग गरीरहेका छन्, जानी– नजानी ।
यसको उदाहरण हठात् दल विभाजनसम्बन्धी अध्यादेश, संवैधानिक निकायमा नियुक्ति सम्बन्धी अध्यादेश ल्याउनु हो । लगत्तै चेपुवामा परेपछि उनैले प्रस्ताव गरेको भनिएको बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने उधारो आश्वासनमा रोमाञ्चित बन्न ठाउँभित्र खेलको राजनीतिले पनि त्यसको संकेत गरेको छ ।
त्यसबेला सचिवालयको बहुमतको निर्णयले गौतमलाई प्रधानमन्त्री हुने बाटो खुल्नेगरी राष्ट्रिय सभाको सदस्यमा नियुक्त गर्ने र संविधान संशोधन गर्ने निर्णय अवैधानिक थियो, त्यसको विपक्षमा उभिएका थिए, ओली । यति मात्र होइन, सचिवालयको निर्णयविपरित राष्ट्रिय सभामा युवराज खतिवडालाई निरन्तरता दिने भन्दै मन्त्री पनि नियुक्त गरे, पुनः । ओलीका समर्थकले यो सरकारको अधिन र अधिकारक्षेत्र भित्रको कुरा भएको जनाए, सचिवालयले त्यसमा खासै चासो राखेन । चुनाव हारेका मानिसलाई फेरि सदनमा लैजाने वा संविधान संशोधनको विषय किमार्थ पार्टी स्वार्थका लागि गर्नु वैधानिक मान्न सकिन्न । त्यहि बेला यो राजनीतिक रुपमा अवैधानिक प्रस्ताव भएको लेखकको ठहर थियो । विकल्पको कुरा पनि उठाइएको थियो ।
नेकपा अवैधानिक निर्णयको विकल्प– संसद विघटन, मध्यावधि चुनाव
तर उनै ओली सोही प्रस्तावमा घुमीफिरी किन आइपुगे ? यो अहिले सान्दर्भिक प्रश्न हुन्छ, चर्चाअनुसार ।
रोमाञ्चित गौतम
बामदेव गौतम रोमाञ्चित भएका होलान् । हिजो नमानेका ओली आज त्यहि प्रस्ताव आकस्मिक रुपमा लिएर आउँदा गौतमको मनमा लड्डु फुरेको होला । यो कल्पना गर्न सकिन्छ कि, गौतम ठान्दा हुन्– नेकपाको केन्द्रविन्दु मै हुँ । वास्तवमा महाभारतमा द्रोणाचार्य पुत्र अस्वस्थामा शक्तिका एक केन्द्र त थिए तर उनको असफलता अनिवार्य गराउनुथियो, कुरुक्षेत्रमा उभिएकाहरूले । चक्रव्युहमा पारिनुको अर्थ कसैको जीत या हारको लक्ष्य अवश्यभावी थियो । महाभारतको कथामा उनिएको त्यो कालखण्डको पात्रका रुपमा गौतम अहिले उभिएका छन्, यसलाई उनी जत्तिको राजनीज्ञिले हेक्का राखेको हुनुपर्छ । रोमाञ्चित मनले होइन, विवेकपूर्ण ठम्याइएको कारक खोजेनन् भने गौतमको राजनीतिक सक्रियतामा ओली अथवा उनीइतरको गुट र शक्तिको चक्रव्युह कसिलो बनिसकेको र त्यहाँबाट निस्कने मार्ग पहिल्याउनुपर्ने अनिवार्य अहिले बनिसकेको छ ।
प्रधानमन्त्री ओली प्रचण्डलगायतले उपयोग गरेको गौतम कार्डमार्फत नै पद जोगाउने खेलमा लागेका हुन् या साच्चै प्रधानमन्त्री बनाउनका निम्ति प्रस्ताव गर्न बाध्य भएका हुन् भने यो जत्तिको राजनीतिक फोहोरी खेल केही पनि होइन । यसका क्रिया र प्रतिक्रिया २० वैशाखमा बस्ने सचिवालयको बैठकको मितिसम्म अनेक कोणबाट आउनेछ । विविध राजनीतिक दलका टिप्पणी र धारणा पनि सार्वजनिक हुने नै छन् ।
नेपालको राजनीतिमा हावी भएको मूर्खता अपांगता नै हो । यो मूर्खताको केन्द्र भागमा उतारिएका पात्रको राजनीतिक जीवनमाथि चलाइएका रणनीतिक क्षेप्यास्त्रहरूले कोही एकलाई सफल बनाउला तर घाटा नेपालको संवैधानिक प्रणाली, जनताको जीविकापार्जनको अपेक्षा र अनेक सपनामा भइरहेको छ
तर यो प्रस्ताव कार्यान्वयनका निम्ति अगाडि बढाउने हो भने लोकतान्त्रिक, गणतान्त्रिक प्रणाली नै ध्वस्त हुन्छ । संविधान कुनै अमुक व्यक्तिका निम्ति, या अमुक पार्टीका निम्ति उपयोगको हतियार बनाउँदै जाँदा यसले जनताले दिएको म्यान्डेड, नेपालको सार्वभौमिकतामाथि दलीय तानाशाह हावी भएको प्रष्ट चित्र कोर्ने छ । कुनै दल विभाजनका लागि अथवा गुट विभाजनको हतियारका रुपमा जसरी अध्यादेश आए, त्यसको पहिलो प्रक्रिया र झड्काको झन्कार अहिलेसम्म जारी छ । यसले नेपाली राजनीतिक व्यवस्था, अवस्था र सामाजिक अवस्थाबीचको अवस्थितिमा कस्तो प्रभाव पारेको होला, आम मानिसले विचार गरेकै छन् ।
अन्त्यमा,
जो–जससँग सम्बन्धित होस् । जो जसले जे उपायका निम्ति प्रस्तावित गरुन् । जो जसको स्वार्थमा केन्द्रिकृत भएर आएका हुन् सतहका चर्चा । ति, विल्कुलै नेपाली जन जनको मतको अपमान हो । जनतालाई मान दिन नसक्ने कुनै पनि ‘नेकपा’लाई अपमान गर्ने छुट हुँदैन । विश्व बजार चन्द्रमामा भविष्य खोजीरहेका बेला नेपालको राजनीति व्यक्तिको पदीय राप र चापमा भविष्यको लेखाजोखा गरिरहेका छन्, त्यसैको वरिपरि मुलुकको वर्तमान घुमाउने प्रयत्न जारी छ । एउटा भाइरस मापनयन्त्र गतिलो गरी भित्राउन नसक्ने राजनीतिले मुलुकका जनताको सपनामा रंगिन चित्र कोर्न सक्छ भन्ने विश्वास कसरी दिलाउलान् नेताले ।
भनिन्छ नि, कामबिनाको धन, सन्तोष बिनाको खुशी, चरित्र बिनाको ज्ञान, नैतिकता बिनाको व्यापार, मानवीयता बिनाको विज्ञान, बलिदान बिनाको अपनत्व र सिद्धान्त बिनाको राजनीतिको अर्थ हुन्न । हाल देखिएका, चर्चामा आएका राजनीति, प्रशासनिक, व्यापारिक होस् या अन्य चिज त्यो नेकपा राजनीतिले दिन सकेको छ ? नेकपा सत्ताले त्यसलाई पुष्टि गर्न खोजेको छ ? खास अर्थमा भन्दा नेताहरू नीजि अभिमान र स्वार्थका निम्ति आफूभित्रको लडाईको मुकदर्शक आम मानिस, मतदातालाई बनाइरहेका छन् । यस अर्थमा भन्न सकिन्छ–नेपालको राजनीतिमा हावी भएको मूर्खता अपांगता नै हो । यो मूर्खताको केन्द्र भागमा उतारिएका पात्रको राजनीतिक जीवनमाथि चलाइएका रणनीतिक क्षेप्यास्त्रहरूले कोही एकलाई सफल बनाउला तर घाटा नेपालको संवैधानिक प्रणाली, जनताको जीविकापार्जनको अपेक्षा र अनेक सपनामा भइरहेको छ । योगदान कुनै पद र त्यसको रापले होइन, जनताको विश्वास र अपेक्षामा आधारित हुन्छ । यसतर्फ नेपाली राजनीतिज्ञको ध्यान कहिले जाला ?
हिजो र आज देखिएको राजनीतिक परिघटनाका अगाडि मुलुकमा भ्रष्टाचार बढ्यो, काम भएन, सरकार काम लागेन भन्ने जस्ता तर्क साधारण हुन्छन् । खासमा सरकार होइन, सरकारमा रहेका जनप्रतिनिधि (प्रधानमन्त्रीदेखि अनेक नेतासम्म) नै काम नलाग्ने रहेछन् । यो निकृष्ट राजनीतिक हत्कण्डा गर्नेहरूसँग सिद्धान्त त रत्तीभर छैन, जोसँग सिद्धान्त छैन त्यसले व्यवस्थामा सुधार गर्छ भन्ने विश्वास गर्नु एउटा रमाइलो प्रहसन हेर्नुभन्दा केही होइन । आगे, नेपाली जनताको मर्जी ।















प्रतिक्रिया