४ कार्तिक २०८३, बुधबार

बलिउड अभिनेता ऋषि कपूरकाे निधन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपूरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । अरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपूर गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।

यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’