६ कार्तिक २०८३, शुक्रबार

अमेरिकी अर्थतन्त्र एक दशक यताकै सबैभन्दा जोखिममा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १८ वैशाख । अमेरिकी अर्थतन्त्र पछिल्लो एक दशकभन्दा बढी समयमा सबैभन्दा जोखिममा आएको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै गम्भीर असर परेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र गम्भीर रुपले प्रभावित भएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा वार्षिक ४.८ प्रतिशतका दरले गिरावट आएको देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकमा पहिलो त्रैमासिकमा अर्थतन्त्र गम्भीर संकटमा परेको देखिएको हो । लकडाउनको धेरै प्रभाव मार्चदेखि मात्रै परेकाले पहिलो त्रैमासिकको तथ्यांकले अर्थतन्त्रमा पर्ने प्रभावको संकेत मात्रै गरेको जनाइएको छ ।

अमेरिकाको केन्द्रीय बैंकका रणनीतिकारले बुधबार भनेका छन्, ‘कोरोना भाइरसको महामारीले अमेरिका र विश्वभर गम्भीर मानवीय तथा आर्थिक संकट पैदा गरेको छ ।’

सन् २०१४ मा पनि अमेरिकी अर्थतन्त्रमा गिरावट आएको थियो । तर सो अहिले आएको गिरावट सन् २००८ यताकै सबैभन्दा ठूलो हो ।

चीनले सार्वजनिक गरेको पहिलो त्रैमासिकको तथ्यांकमा उसको अर्थतन्त्रमा ६.८ प्रतिशतले गिरावट आएको देखिएको थियो ।