सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

दक्षिण कोरियामा निर्माणाधीन भवनमा आगलागी, ३८ जनाको मृत्यु

दैनिक नेपाल २०७७ वैशाख १८ गते ७:५७

लण्डन, १८ वैशाख । दक्षिण कोरियामा निर्माणाधीन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।

एक जना अझै हराइरहेकाे बताइएकाे छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित