मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

बेलायती प्रधानमन्त्री जोन्सनलाई पुत्रलाभ

दैनिक नेपाल २०७७ वैशाख १७ गते १७:५५

काठमाडौँ, १७ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ भएको छ । ५५वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमन्डको आज बेलायतको एक अस्पतालमा आए छोरा प्राप्त भएको हो । प्रधानमन्त्री बोरिस कोरोनाभाइरस संक्रमणका कारण दुई दिन अघि मात्र काममा फर्किएका हुन् ।

उनकी प्रेमीका साइमन्ड पनि कोरोना लक्षणका कारण आइसोलेसनमा थिइन् । हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

बीबीसीका अनुसार बेलायतको प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिंग स्ट्रीट’ मा अविवाहित जोडीको रुपमा भित्रिने प्रधानमन्त्रीमा बोरिस जोन्सन पहिलो भएको जनाएको छ ।

उनले पहिलो वैवाहिक सम्बन्धबाट सन २०१८ मा अलगिएपछि क्यारी साइमन्डसँग प्रेम सम्बन्ध शुरु भएको थियो । अघिल्लो श्रीमती मारिना मिलरका साथमा उनका दुई छोरा र दुई छोरी गरि चार सन्तान रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित