७ मंसिर २०८३, सोमबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, काेराेनामा सरकारकाे कामबारे छलफल हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो दुई बजे कार्यसमितिको बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना भाइरसको संक्रमण र यसबाट सिर्जित समस्याहरूका विषयमा छलफल हुने शर्माले बताए ।

कोरोना भाइरसको रोकथाममा सरकारले गरेका प्रयासहरूका विषयमा समेत छलफल हुनेछ ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बैठकका लागि जानकारी आएको भन्दै छलफलका एजेण्डाहरूमा आफूलाई केही थाहा नभएको बताए ।

उनले भने, ‘एजेण्डाका बारेमा केही भनिएको छैन । कोरोना भाइरसको संक्रमण रोकथाम, सरकारको कामकारबाही र लकडाउनले समस्यामा परेका जनताका विषयमा छलफल केन्द्रित हुन्छ होला ।’

केन्द्रीय कार्यसमितिको आजको बैठकमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका एघार जना केन्द्रीय सदस्यहरूले पहिलो पटक भाग लिनेछन् ।

सभापति शेरबहादुर देउवाद्वारा मनोनीत छ जना आमन्त्रित केन्द्रीय सदस्यहरूले पनि पहिलो पटक भाग लिनेछन् ।