३ कार्तिक २०८३, मंगलबार

ओली प्रचण्ड भेटवार्ता : यसकारण जुटेन सहमति

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको झण्डै तीन घन्टा लामो वार्तामा नेकपाभित्र उठेको पछिल्लो विवादका विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले भने सचिवालय तथा स्थायी कमिटी बैठकले समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई आफू खुशी सरकार चलाएकोले विवाद निस्किएको भन्दै समस्याको निराकरणका लागि पनि ओलीलाई नेतृत्व लिएर अगाडी बढ्न आग्रह गरेका थिए ।

ओलीले एकता महाधिवेशनसम्म मिलेर जान प्रचण्डसँग आग्रह गरेका छन् भने विगतका सहमति कार्यान्वयन गर्ने पनि जनाएका छन् । प्रचण्डले आफूले विगतमा प्रधानमन्त्री पद त्यागेको र सहमति नभएको भन्दै गुनासो व्यक्त गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रचण्डले आफूलाई अहिले सरकारको पनि नचाहिएको तर पार्टीको समस्या समाधानमा अग्रसरता देखाउन ओलीलाई सुझाव दिएका छन् ।
आज आन्तरिक छलफलपश्चात भोलि सचिवालय बैठक बस्न सक्ने जनाइएको छ ।