
डडेल्धुरा, १६ वैशाख । डडेल्धुरा जिल्लामा लकडाउनको समयमा काठ चोरी तथा तस्करी बढ्दै गएको छ ।
लकडाउनको फाउदा उठाउदै बन तस्करहरुले विभिन्न सामुदायिक बनहरु अतिक्रमण तथा काठ चोरी पैठारीमा आफ्नो सक्रियता बढाउँदै आएका छन् ।
जिल्लामा बनतस्करहरुद्धारा सक्रिय भएपछि डिभिजन बन कार्यालय डडेल्धुराले पनि गस्ती पेट्रोलिङको कामलाई अगाडी बढाएको जिल्ला बन कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला डिभिजन बन कार्यालय डडेल्धुराले बैशाख ७ गते राति आलिताल गाउपालिका ४ जालटुडाबाट से १ च २५० नम्बरको महिन्द्रा बोलेर जीप सहित ९ थान ५.२५ घनफिट सालको कडी र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
बैशाख ८ गते आलिताल ४ जालटुडाबाट नै १८ थान सालको कडी १०.५ घन फिट,११ गते पनि आलिता गाउपालिका वडा नं. ६को बसन्त हरियाली सामुदायिक बनभित्रबाट विभिन्न साईजका ६० थान ५९.९३ घनफिट काठ बरामद गरेको जिल्ला डिभिजन बन कार्यालयले बताएको छ ।
परशुराम नगरपालिका ८को सुन्दरी सामुदायिक बनबाट ५२.८ घनफिट काठ नियन्त्रणमा लिएको र चोरी पैठारीमा संलग्न व्यक्तिहरुको खोजि जारी रहेको डिभिजन वन कार्यालय डडेल्धुराका बन अधिकृत विष्णुप्रसाद आर्चायले बताए ।
देशमा लकडाउन बढ्दै जादा बन तस्करहरुले भने यसको गलत प्रयोग गरिरहेका छन् । जिल्ला डिभिजन बन कार्यालयले जिल्लाको भित्रीमधेशमा मात्रै विशेष निगरानी बढाएको देखिन्छ । लक डाउनको समयमा विभिन्न सामुदायिक बनहरुमा काठ तस्करीका साथै चोरी सिकारी बढ्दै गएको देखिन्छ ।















प्रतिक्रिया