३ कार्तिक २०८३, मंगलबार

२५ लाख रुपैयाँ बराबरको छोगडासहित पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १६ वैशाख । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको २५ हजार किलो छोगडासहित एक जना पक्राउ परेका छन् । स्थानीय ३२ वर्षीय निशाल भन्ने विशाल क्षेत्रीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ना.५ ख ९८५९ नम्बरको ट्रकमा छोगडा लोड गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ विशाललाई बरामद छोगडासहित आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ ।