७ मंसिर २०८३, सोमबार

१४ दिन रौतहटस्थित क्वारेन्टाइन बसेर घर फर्किएकामा कोरोना संक्रमण पुष्टि, खोजी तिव्र

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । रौतहटको चन्द्रपुरमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) भेटिएको छ ।

उनीसँगै रौतहटमा थप एक जनामा कोरोना पुष्टि भएको हो । योसँग नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

वृन्दावन–९ भुसहा र देवाही गोनाही–१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा बसेका थिए । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । तर टेकुको प्रयोगशालामा स्वाब परिक्षणमा कोरोना पुष्टि भएपछि उनको खोजी तिव्रताका साथ भइरहेको छ ।

अर्का  ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेको थियो ।