
काठमाडौं, १६ वैशाख । स्थायी समिति बैठक बोलाउनुपर्ने एजेन्डाका लागि मंगलबार नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
अध्यादेश जारी र फिर्ता, सांसद सुरेन्द्र यादव प्रकरणका विषयमा बैठकमा छलफल हुनेछ । हाल नेकपामा देखिएको विवाद र सतहमा आएका विविध चर्चाका विषयमा पनि सचिवालयमा छलफल हुने बताइएको छ ।
बैठकमा स्थायी समिति अनिवार्य र चाँडो बोलाउनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरुले सुझाव दिनेछन् । ‘सम्भवतः सचिवालयले नै स्थायी समिति बैठकको मिति टुंगो लगाउनेछ । त्यसो हुन नसके पनि चाँडो भन्दा चाँडो बोलाउने निर्णय हुनेछ’, स्रोतले भन्यो ।











प्रतिक्रिया