काठमाडाैं, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ ।
उनीहरूका बीच साेमबार साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सरकारहरूले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टेलिफाेन संवादमा राष्ट्रपति भण्डारीले चीनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेकी छिन् ।
उनले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गरेकी छिन् ।
प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाएका छन् ।












प्रतिक्रिया