
काठमाडौँ, १५ वैशाख । सरकारविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् । प्रमुख प्रतिपक्षी दलहरु कांग्रेस, जनता समाजवादी र राप्रपा मोर्चाबन्दीमा लागेका हुन् ।
ति दलहरुले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।
ति तिनै पार्टीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा एकताबद्ध भएर संघर्ष गर्ने चेतावनी दिएका छन् ।
प्रतिपक्षी तीनवटै पार्टीका नेताहरूको सोमबार बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेसका सभापति देउवा, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, सशांक कोइराला, प्रकाशमान सिंहलगायतको सहभागिता थियो ।
जनता समाजवादीका तर्फबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो तथा राप्रपाका तर्फबाट प्रकाशचन्द्र लोहनीको सहभागिता थियो ।















प्रतिक्रिया