मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

किम मरेका छैनन् !

विश्व समुदायलाई नै सरप्राइज दिने एउटा शासकको रहस्यमय जीवन

दैनिक नेपाल २०७७ वैशाख १५ गते १२:१८

काठमाडौं, १५ वैशाख । अमेरिकी र दक्षिण कोरियाली गुप्तचर विभागको ठम्याईमा उत्तर कोरियाली नेता किम जोङ उन मरेका छैनन् । उनको उपचारस्थलमा पुगेको रेलका आधारमा शक्तिशाली राष्ट्रका अति शक्तिशाली गुप्तचर विभागले पनि यस विषयमा लख मात्रै काटेको हो, प्रमाण दिन नसकेका विवरण वासिङ्टन पोष्टमा प्रकाशित भयो ।

किमका सन्दर्भमा विश्वका ख्याती प्राप्त मिडियाहरूले अनुमानित, आँकलन गरेका विषयमा समाचार प्रकाशनमा ल्याएका छन् तर स्वतन्त्र पुष्टिचाहिँ गरेका छैनन् ।

द गार्जियनका अनुसार दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा मामिला सल्लाहकार मुन चोङ इनले पनि किम जीवित र स्वस्थ्य रहेको सीएनएनलाई अन्तरवार्ता दिएपछि हालैका केही दिनमा चलेका हल्लाहरु एक तहमा विवादीत बनेका छन् ।

मुटु सम्बन्धी उपचार गरेर उनी वोनसान भन्ने ठाउँमा रहेको खुलासा गरिएको छ । १५ अप्रिलदेखि किमको सक्रियता नभएको आधारमा अन्तर्राष्ट्रिय मिडियामा यस्तो हल्ला चलेको थियो ।

धेरै प्रमाणहरूका आधारमा ‘किम मरेका छैनन्’ भन्न सक्ने अवस्था छ । तर, प्रविधि र सूचनाको यत्रो विकास भएको अवस्था, तथ्यहरु लुकाउन नसक्ने अवस्थामा किमको विषय कति गोप्य र रहस्यमयी भयो भन्ने विषय अचम्मलाग्दो रहेको बताइन्छ ।

अमेरिकालाई समेत पत्तो लगाउन कठिन भएको किमको जीवन विश्व समुदायका लागि नै खोजीको विषय बनेको छ । उनी सार्वजनिक भएको अथवा उनको स्वास्थ्यका कारण केही भएका दिन यी तमाम हल्ला गर्ने र चलाउनेका लागि सरप्राइज हुनेछ । मिडिया विज्ञहरू भन्छन्– यो स्वभाविक हुनुको अर्थचाहिँ उनका बारेमा तथ्य पत्ता लगाउने विषयमा मिडिया, गुप्तचर संस्थाहरुको असफलता पुष्टि हुनु हो ।

प्रतिक्रिया
सम्बन्धित