७ मंसिर २०८३, सोमबार

प्रचण्डको मौनतामा नेकपाको श्रृवृद्धि !

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेकपा नेतृत्व तहमा अघिल्लो पटक देखिएको घोचपेचलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– कम्युनिस्ट पार्टीको जीवन बहस, तर्क, विचारको संश्लेषणमा हुन्छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पूर्व देखिएको विवादपछि प्रचण्डको यो अभिव्यक्ति आएको थियो । सो क्रममा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउनका निम्ति सचिवालयले प्रस्ताव गरेको थियो तर सरकारले त्यो निर्णयलाई नमान्दा अहिले चलिरहेको भन्दा टड्कारो विवाद थियो ।

दुई अध्यादेश जारी र फिर्ता, समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव प्रकरणका सन्दर्भले नेकपाभित्र फेरि विवाद बढायो । तर प्रचण्ड यस प्रकरणमा मौन छन् ।

दोस्रो तहका नेताहरू र प्रधानमन्त्री ओलीका सल्लाहकारको बोली तेज छ । विवादको चुरो कहाँनेर हो भन्ने विषयको अलमलमा छ । नेता झलनाथ खनालले स्थायी समिति बैठक डाकी विवादको विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।

उपाध्यक्ष गौतमले ओलीलाई भेटेरै स्थायी समितिको बैठक डाक्नका लागि सुझाव दिएका थिए । अहिले चलिरहेका विविध प्रकारका विवादका विषयमा फेरि पनि प्रचण्ड मौन छन् ।

‘कम्युनिस्ट पार्टीको केन्द्र निर्माण गरी मुलुक अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने नेताले समग्र विषयलाई बुझिरहनु भएको छ । अध्यक्षले उपल्लो तहमा नै परामर्श गरिरहेका कारण सतहमा आएका विषयमा कुनै टिप्पणी दिनु उचित ठान्नु हुन्न’, खुमलटार स्रोतले भन्यो ।

तैपनि सतहमा भइरहेका विविध विषयका विवादीत बहसलाई प्रचण्डले नजरअन्दाज गरेका छैनन् । उनी प्रधानमन्त्री निवास बालुवाटार र उपाध्यक्ष गौतम निवासमा भएका छलफलमा पनि सहभागी थिए । प्रधानमन्त्रीसँग निरन्तर परामर्शमा नै रहेका छन् । ‘कुन कुन कोणबाट समस्या आएका हुन् । त्यसलाई बुझेर समाधानको मध्यविन्दु कहाँनेर छ भन्ने खोजी प्रचण्डले गर्नुहुन्छ’, स्रोतले भन्यो ।

जब जब नेकपामा विवाद हुन्छ प्रचण्डको मौनताले एक फड्को मार्ने गरेको उदाहरण दिँदै एक स्थायी समिति सदस्य भन्छन्,‘उहाँको बुझाई र समाधान दिने क्षमता नै नेकपाको श्रृवृद्धिमा हुनेछ ।’