
काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक विवाद सतहमा आइरहेका बेला कार्यकर्ता आरोप प्रत्यारोपमा लागेका छन् ।
विभाजित विचारमा लागेका नेता कार्यकर्ताले पार्टीको जीवन भन्दा पनि गुटगत वकालत गरिरहेका सन्दर्भमा एक जना केन्द्रीय सदस्य विष्णु रिजाल भने मध्यविन्दुमा उभिएर तर्क गरिरहेका छन् ।
उनले भनेका छन्,‘ नेकपा टेम्पो–ट्रयाक्टर होइन, दुई पाइलटले हाँकेको जेट हो ।’ दुई पाइलटका रुपमा उनले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गरेका हुन् ।
धेरै कष्ट सहेका नेता रहेका कारणले केही विचार मन्थन हुनु स्वभाविक रहेको बताएका उनी जोड्छन्,‘हावाको चाप तीब्र हुँदा वा बादलमा पस्दा अलि अलि हल्लिँदैमा आत्तिनु पर्दैन । घाम पानी झेलेका, पार्टी र देशको नेतृत्वको अनुभव भएका नेताहरूको कमी छैन । जति समस्या देखिएका छन्, संस्थागत रूपमा एउटै थलो (बैठक) मा बस्नासाथ समाधान हुन्छन् ।’











प्रतिक्रिया