६ कार्तिक २०८३, शुक्रबार

तनहुँमा विदेशबाट फर्केर भैँसी पाल्दै युवा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

वीवी श्रेष्ठ

तनहुँ, १५ वैशाख । लामो समयसम्म वैदेशिक रोजगारीमा बसेर आएको रविन्द्र श्रेष्ठले मामा–भान्जा भैँसी फर्म दर्ता गरेर भैँसी व्यवसाय शुरु गरेका छन् ।

माध्यामिक तहको पढाइ सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो बसाइभन्दा नेपालमा केहि गर्नु पर्दछ भन्ने सोँचका साथ फर्केर भैँसीको व्यवसाय शुरु गरेका हुन् ।

विदेशको दुःख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको नेपालमा कमाइ हुने सोँच राखेर काम गरेको रविन्द्र हाल विदेशको भन्दा राम्रो कमाई रहेको बताए ।

व्यास नगरपालिका वडा नम्बर ५, फुस्रेटारमा ५ रोपनी जग्गा खरिद गरेर भैसी व्यवसाय शुरु गरेका रविन्द्रले हाल आएर १३ वटा भैँसी र ९ वटा पाडापाडी पालेका छन् ।

भैँसीका दानाका लागि आफैले घाँस लगाएर खुवाएको रविन्द्र बिहानदेखि नै भैसीको स्याहारमा खट्ने गरेका छन् । रविन्द्र आफूलाई भैँसी पालन व्यवसायमा सन्तुष्ट मिलेको बताएका छन् ।

बिहानै उठेर भैँसीको स्याहार सम्भार गर्ने, दुध दिने, बजारमा बिक्री गर्ने नित्य कर्म रहेको रविन्द्रले दैनिक ४५ लिटर दुध विक्री गर्दै आएका छन् ।

जीवनमा उद्यम उपरिहार्यता रहेको बताउने रविन्द्रले कर्म गर्ने हो भने कृषिमा राम्रो सम्भावना देखेको बताउँछन् ।

हालसम्म करिव २२ लाख हाराहारीमा व्यवसायमा लगानी गरिसकेका रविन्द्रले अबका दिनमा यही व्यवसाय नै वृद्धि गर्ने सोँच रहेको बताए ।

दुःख जुनसुकै क्षेत्रमा पनि गर्ने पर्ने बताएका रविन्द्रले भैँसी भारतबाट खरिद गरेको बताए । करीव १ लाखमा खरिद गरिएको भैँसीले दैनिक ८ लिटर दुध दिने गरेका छन् ।

सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर मासिक तीस हजार जति कमाइ भएको उनले बताए । उनले नगरपालिकाबाट गोठ सुधार कार्यक्रममार्फत ७५ हजार अनुदान पाएका छन् ।