
नयाँदिल्ली, १५ वैशाख छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ ।
सोमवार विहानसम्ममा भारतमा कोरोनाबाट १६ सय बढी संक्रमित थपिएका छन् । योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ। पछिल्लो समय भातरमा दिनहुँ हजार बढी संक्रमित थपिँदै आएका छन् ।
५० बढीको मृत्यु भइरहेको छ। भारतमा सबैभन्दा बढी प्रभावित क्षेत्र महाराष्ट्र रहेको छ। त्यहाँ हालसम्म साढे ६ हजार बढी संक्रमित रहेका छन् भने करिब ३ सयको मृत्यु भएको छ।
त्यसपछि गुजरात, दिल्ली, राजस्थान, मध्य प्रदेश, तमिलनाडु र उत्तर प्रदेशमा बढी संक्रमित रहेका छन्।















प्रतिक्रिया