२ कार्तिक २०८३, सोमबार

३५ दिनअघि दिल्लीको तब्लिगी जमातबाट फर्किएका थिए झापा बाह्रदशीका नयाँ संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ वैशाख । झापा बाह्रदशीका कोरोना संक्रमित एक महिना अगाडी दिल्लीबाट फर्केको खुलेको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार ३५ दिन अगाडी उनी दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको बताए ।

हाल उनलाई विराटनगर वा धरान पठाउनेबारे छलफल भइरहेको राजवंशीले बताए । संक्रमित पुरुष बजारतिर पनि गएको भन्ने खबर भएको भन्दै अध्यक्ष राजवंशीले को कोसँग सम्पर्कमा पुगेको यकिन विवरण पाउन गाह्रो भएको बताए ।

सुरुमा उनको परीक्षण नेगेटिभ देखिए पनि शंका लागेर थप परीक्षणका लागि स्वाब संकलन गरेर गाउँपालिकाले कोशी अञ्चल अस्पताल विराटनगर पठाएको थियो ।

आइतबार उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसअघि दमकका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भइसकेको छ ।