२ कार्तिक २०८३, सोमबार

झापा बारदशीका थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ वैशाख । झापामा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा झापाका एक ५० वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको उल्लेख छ । हाल उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य स्थिति सामान्य रहेको पनि अधिकारीले जनाएका छन् ।

उनी बारदशी गाउँपालिकाका मुस्लिम समुदायका व्यक्ति रहेका छन् । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका उनको पीसीआर परीक्षणमा पोजेटिभ आएको हो । उनी राजगढ निवासी जमाती रहेको जनाइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । त्यस्तै, १६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।