२ कार्तिक २०८३, सोमबार

वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना नभएको पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १४ वैशाख । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी ब्लड क्यान्सर पीडित युवतीको पीसीआर परीक्षणको रिपोर्ट नेगटिभ आएको छ ।

वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।
उनको तीनपटकको आरडीटी टेस्टमा कोरोना पोजेटिभ देखाएको थियो ।

थप पुष्टिका लागि उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो ।

आजै वीरगञ्जमा थप दुईजनामा कोरोना देखिएको छ । त्यस्तै, ४ जना निको भएर डिस्चार्ज भएका छन् ।