२ कार्तिक २०८३, सोमबार

रुकुमको जनविकास माविले थाल्यो दुर शिक्षा

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १४ वैशाख । रुकुम पश्चिमको आठबिसकोट नपा १४ स्थित जनविकास माबी ज्यामिरकोट टाकुराले आईतवारदेखि दुर शिक्षा सुरु गरेको छ । लामो समयसम्मको लकडाउनले पठनपाठनमा अन्यौल परेका बिद्यार्थिहरु लाई लक्षित गर्दै दुर शिक्षाको शुरूवात गरिएको हो ।

नयाँ कक्षा ८,९,१० मा पढ्नका लागि उतिर्ण भएका र अब एसईई दिने विद्यार्थीहरुका लागि लक्षित गर्दै मोबाइलबाट नै पठनपाठन सुरु गरिएको हो । अब विद्यार्थीहरुले घरमै बसेर पढ्ने र नजानेका कुरा फोन मार्फत शिक्षकलाई सोधपुछ गर्ने भएका छ्न ।

विद्यार्थीले आफूले नजानेका विषयवस्तु फोन मार्फत सम्बन्धित शिक्षकलाई सोधपुछ गर्ने र शिक्षकहरुले जवाफ दिने यवम फोन मार्फत छलफल गर्ने गरि ब्यवस्थापन मिलाईएको प्रधानाध्यापक दिपक सङगम थापाले बताए ।

यसका लागि विद्यार्थीहरुलाई शिक्षकहरूका फोन नम्बर उपलब्ध गराईएको छ । फोन साथै यस वर्ष विद्यार्थी भर्ना अभियान शुचारु नभएता पनि नया विद्यार्थीका लागि फोन मार्फत भर्ना गरिने भएको छ ।

सोही विद्यालयमा अध्ययन गरि विभिन्न कक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भने स्वत भर्ना गरिएको छ भने बाहिरबाट आउने नयाँ विद्यार्थीहरुलाई भने फोन मार्फत भर्ना गरिने प्रअ थापाले बताए ।

साथै अन्य कक्षाका बिद्यार्थिहरुलाई पनि लकडाउनको पूर्ण पालना गर्दै यसलाई सदुपयोग गर्नुपर्ने सुझाव दिईएको छ ।

विद्यार्थीहरुलाई नानीबाबुहरुले कबिता लेख्ने, सामान्यज्ञान पढ्ने, दिमाग खियाउने लगायतका विषय अध्ययन गर्ने, पढिसकेका कुराहरु रिपिट वा दोर्होयाउने, शब्दार्थ पढ्ने, गणितका शुत्र, दुना, बिज्ञानका परिभाषा , नेपालीका ग्रामर, शुद्धाशुद्धी, चिट्ठीलेखन, वकतृत्वकला लेखन र सामाजिक विषयको नक्सा, भूगोल, हावापानी, सस्कृती र समसामयिक विषयवस्तुको अध्यनयन गर्ने, चित्र बनाउने, कार्टुन बनाउने, हस्तलेखन अभ्यास गर्ने, पाठ पठनशिपको विकास गर्ने, आफुले जानेका कुरा घरपरिवारलाई सुनाउने, पढाईका बारेमा चिन्ता नलिने तर नियमित पढ्ने, एसईईका लागि राम्रो तयारी गर्ने, विशेषगरि गणित, बिज्ञान र अङ्ग्रेजी विषयको अभ्यास गर्ने, घरमा आमा बुवाको कामलाई सघाउने, जस्तै तरकारी, चामल केलाउने, पानी भरिदिने, घरआगनको सरसफाइ गर्ने, आफ्नो कोठा र कपडा आफै सफा गर्ने, रेडियो, टेलिभिजन र अनलाईन सुन्ने हेर्ने र जानकारी राख्ने, सानालाई सिकाउने र ठुला बाट सिक्ने, आफुलाई लागेको जिज्ञासा सम्बन्धित गुरु, शिक्षक, घरपरिवार वा कर्मचारीलाई फोन मार्फत सोधपुछ गर्ने, गुवाला जाने हो भने विभिन्न पुस्तकहरु लिएर पढ्ने, अनावश्यक कुरामा ध्यान नदिइ सरसफाइमा विशेष जोड दिने, ऐतिहासिक महत्वका विषयवस्तु समेटियका किताबहरु जस्तै दस्तावेज, उपन्यास, कथा, सस्मरन, अनुभुति, निबन्ध संग्रह, धार्मिक पुस्तक, राजनैतिक , कृषि , बैज्ञानिक किताबहरु लगायतका पुस्तक अध्ययन गर्ने, भेला हुने, गफ गर्ने, झगडा, चोरी, लगायतका काम गर्दै नगर्ने बरु अक्षर सुधारका लागि नियमित लेखिरहने, फुर्सदमा शारीरिक व्यायाम गर्ने र योगा गर्ने लगायतका काम गर्न सुझाव दिईएको छ ।