२ कार्तिक २०८३, सोमबार

बाबुराम भट्टराईसहित सांसद यादव अपहरणको जाहेरी दर्ता गर्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । समाजवादी पार्टीका सांसद डां सुरेन्द्र यादवले आफूलाई गरिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । यादवले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

अपहरण भएको भन्दै उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिएका हुन् ।

समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले तीन जनाविरूद्ध अपहरण तथा शरिर बन्धकमा किटानी जाहेरी दिन लागेको बताए ।

अहिले जाहेरी दर्ता गर्ने क्रममा उनीहरु रहेका छन् ।