
काठमाडौँ, १४ वैशाख । लकडाउनको बेला भारतको जयपुरस्थित माधोपुरमा एक स्कुलमा महिलामाथि सामूहिक बलात्कार भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार लकडाउनमा त्यहीँ स्थानमा थुनिएको महिलाको अप्रील १४ मा ३ जनाद्धारा बलात्कार भएको हो ।
बलात्कृत महिलाले स्थानीय प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी छन् । बलात्कारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ति महिला आफ्नो छोरालाई भेट्न जाँदै गर्दा लकडाउनले रोकिएकी थिइन् । त्यही अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ । –एजेन्सी















प्रतिक्रिया