२ कार्तिक २०८३, सोमबार

२ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । आज २ बजेलाई बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ । लकडाउनका विषयमा निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक ५ बजेलाई सरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक ५ बजेलाई सारिएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले क्राइसिस म्यानेजमेन्ट टिमसँग छलफल गर्ने जनाइएको छ ।

शनिबार बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले एक सातालाई लकडाउन थप्न सिफारिस गरेको छ । आजको मन्त्रिपरिषदले लकडाउन कहिलेसम्मको लागि बढाउने विषयमा निर्णय गर्नेछ ।

वैशाख १५ मा थपिएको लकडाउनको अवधि सकिँदैछ । त्यस्तै समिति जोखिम कम भएका स्थानमा लकडाउन खुकुलो पार्न सकिने सुझाव पनि दिएको छ ।