२ कार्तिक २०८३, सोमबार

तीन पटकको आरडीटी रिपोर्ट पोजेटिभ आएकी एक युवतीको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । वीरगन्जमा आरडीटी टेस्ट पोजेटिभ आएकी एक युवतीको मृत्यु भएको छ । उनको लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

२३ वर्षीया युवती वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी हुन् । चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराउँदै आएकी उनको आइतबार बिहान मृत्यु भएको हो ।

उनी एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी थिइन् । उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेजमा लगे पनि कलेजले बेड खाली नरहेको भन्दै फर्काएको थियो । पछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो ।

तर एडभान्स हस्पिटलले पनि आईसीयु बेड खाली नभएको बताएपछि शनिबार तराई हस्पिटलमा लगियो । कोरोना संक्रमणको आशंकामा उनको आरडीटी टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । पुन अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो ।

उनको तेश्रो पटकको टेस्ट रिपोर्ट पनि पोजिटिभ नै आएको थियो उनलाई आइतबार बिहान १ तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

उनको थप परीक्षणका लागि स्वाब संकलन गरि हेटौँडा पठाइएको नारायणी अस्पतालले जानकारी दिएको छ । तीनपटकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि कोरोना आशंकामा परीक्षणका लािग हेटौँडा पठाइएको जनाइएको छ ।