
काठमाडौँ, १३ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता थप्न सरकारलाई सुझाव दिएको छ ।
शनिबार बसेको समितिको बैठकले लकडाउनकै कारणले नेपालमा संक्रमणको दर नियन्त्रित रहेको जनाउँदै एक सातासम्म लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो ।
त्यसपछि अर्काे मोडलमा जान सकिने समितिले जनाएको छ । समितिले सचिवस्तरीय समिति गठन गरि लकडाउनको विषयमा छलफल गरेको थियो ।
यद्यपि लकडाउनको विषयमा भोलि बस्ने मन्त्रिपरिषदले नै अन्तिम निर्णय गर्नेछ ।















प्रतिक्रिया