
काठमाडौँ, १३ वैशाख । तत्कालै लकडाउन खुकुलो पार्ने परिस्थिति नभएको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले निष्कर्ष निकालेको छ ।
देशका विभिन्न स्थानमा कोरोनाभाइरस संक्रमण देखा परिरहेकाले देश कोरोनामुक्त नभएको बताउँदै लकडाउन खुकुलो बनाउने स्थिति नरहेको बताइएको छ ।
समितिले लकडाउनको अवधिको बारेमा भने भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्णय गर्ने बताइएको छ ।
त्यस्तै, लकडाउनको मोडालिटीको बारेमा पनि मन्त्रिपरिषदले नै ठोस निर्णय गर्ने जनाइएको छ ।
त्यस्तै, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा वैशाख १८ गतेसम्म लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ ।















प्रतिक्रिया