
काठमाडौँ, १३ वैशाख । कीर्तिपुरका विद्यार्थीमाथि कुटपिट भएको छ । सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अज्ञात समूहले कुटपिट गरेको हो ।
बीच सडकमै लडाएर विद्यार्थीका टाउकोमा कुल्चिएको भिडियो सञ्चारमाध्यममा आएका छन् । निर्घात कुटाइ खाने त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत ललितजंग रावत रहेका बुझिएको छ ।
केही दिनदेखि राहत वितरणको विषयमा विवाद भएपछि सहकर्मी सुरक्षाको माग गर्न विद्यार्थीहरु प्रहरी परिसर गएका थिए । उनीहरुमाथि कसले किन कुटे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले राहत विवादले कुटपिट भएको हुन सक्ने बताएका छन् । प्रहरी प्रशासनले भने लकडाउन उल्लंघन गर्दै दुई समूह आपसमा झगडा गरेको खबर प्राप्त भएको र प्रहरी पुग्दा कोही नभएको बताएका छन् ।















प्रतिक्रिया