
काठमाडौँ, १३ वैशाख । लकडाउनको अवधि बढाउने वा कुनै विकल्प प्रदान गर्नेबारे आइतबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।
आज बसिरहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको अवधिबारे भोलिको मन्त्रिपरिषदले नै निर्णय गर्ने बताएको छ ।
समितिको बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न जारी लकडाउन लगायतका विषयमा सरकारलाई सुझाव दिनेछ । त्यही सुझावको आधारमा मन्त्रिपरिषदले निर्णय गर्ने जनाइएको छ ।
चैत ११ गतेदेखि जारी लकडाउनले अर्थतन्त्र धरायसी बन्नुको साथै विद्यार्थीहरुको अध्ययनलगायत सबै कुरा प्रभावित भएको छ । त्यस्तै, देशको जनजीवन प्रभावित भएको छ ।















प्रतिक्रिया